You are currently viewing मनपरि काम गर्ने शिक्षकलाई कारवाहिको चेतावनी

मनपरि काम गर्ने शिक्षकलाई कारवाहिको चेतावनी

बीरगंज, १० मंसिर,

बीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले शुक्रबार एक सूचना प्रकाशित गरी महानगरपालिका अन्तर्गत नियुक्त भएका शिक्षकहरुले विद्यालय समयमा दोहरो अर्थात दुई वा सो भन्दा बढी संस्थामा एकै समयमा कार्य नगर्न नगराउन कडा चेतावनी दिएको छ ।

बिगत केहि समय देखि आफूले नियुक्ति पाएको विद्यालयको समयमा कार्य नगरी आसेपासेलाई आर्थिक तथा राजनीतिक प्रभावमा पार्नुका साथै विभिन्न बहानामा अन्य स्थानमा पनि कार्य गरिरहेको जनगुनासो बढ्दै गएको भन्दै महाशाखाले त्यसो नगर्न नगराउन सूचना मार्फत चेतावनी दिएको हो ।

महाशाखाले अनुगमन गर्ने क्रममा त्यस्तो शिक्षक वा शिक्षिका फेला परे नियुक्त भएको तथा अन्यत्र काममा लगाउने सम्बन्धित विद्यालयको प्रअलाई समेत कारवाही गर्ने शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्णले जारि गरेको सूचनामा कडा चेतावनी दिइएको छ ।

यसले नियुक्ति पाएको विद्यालयमा कक्षा नलिई वा न्यून कक्षा लिई पुरै तलबसूविधा लिने तथा सोहि समयमा अन्य विद्यालय वा कलेजमा पढाएर दोहरो सुविधा लिने जस्ता बढ्दै गरेको विकृतिलाई नियन्त्रण गर्नुका साथै काम गर्ने विद्यालयको पठनपाठनमा सुधार हुने तथा विद्यार्थीहरुले गुणस्तरिय शिक्षा पाउने तर्क विज्ञहरुको छ ।

Leave a Reply