नेभा, २ बैशाख,
बीरगञ्ज मेघा कलेजको सहयोगमा शुक्रबार ब्राइट भिजन ल कलेज बीराटनगरद्वारा ‘कानूनी शिक्षा, आजको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रम बीएमसी टावर, ब्रह्म चोकमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रम बीएमसीका प्रिन्सिपल दिपेन्द्र कानुको सभापतित्व तथा ब्राइट भिजन ल कलेज बीराटनगरका क्याम्पस प्रमुख विरिष्ठ अधिवक्ता तथा प्रदेश नं. १ का पूर्व मुख्य न्यायाधिवक्ता चुडामणी आचार्र्यको प्रमुख आतिथित्यमा सम्पन्न भएको हो ।

फोटो: रोशन
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पूर्वाञ्चल विश्वविद्यालयको कानूनतर्फका सहायक डिन श्री बद्री प्रसाद शर्मा थिए भने सो कार्यक्रममा बीएमसी, हरिखेतान, बीरगञ्ज कलेज, यूनिभर्सल एकेडेमी, डेसिमल कलेज लगायतका कानून विषय अध्ययन गर्ने करिब ५० जना विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति थियो ।
यो कार्यक्रममा अथितिको रुपमा नेपाल बार ऐसोसिएशन पर्साका अध्यक्ष अधिवक्ता ओम प्रकाश गुप्ता, अधिवक्ता सुनिल यादव, अधिवक्ता मुनिल यादव, अधिवक्ता विरेन्द्र यादव, अधिवक्ता अजय स्वर्णकार, बीएमसीका सदस्य सम्झना काफ्ले, डायरेक्टर शम्भु गुप्ता तथा कोर्डिनेटर विश्वास प्रताप शाहको विशेष उपस्थिति रहेको थियो ।
स्वागत मन्तव्य ब्राइट भिजन ल कलेजकी छात्रा सिमा यादवले गरेकी थिइन् भने मन्तव्य राख्नेहरुमा दिपेन्द्र कानू, अधिवक्ता अजय स्वर्णकार, चुडामणी आचार्य र बद्री प्रसाद शर्मा लगायतका थिए । कार्यक्रमलाई बीएमसीका कानून विषय तर्फका शिक्षक चन्द्रिका प्रसादले संचालन गरेका थिए ।
कभर फोटो: सम्झना काफ्ले
