पाकिस्तानको पञ्जाब प्रान्तमा पछिल्लो ६ महिनामा ‘परिवारको सम्मान’ को नाममा २ हजार ४३९ महिला बलात्कृत र ९० जनाको हत्या भएको छ । पञ्जाब सूचना आयोगको तथ्यांकमा यो जानकारी आएको हो । तथ्याङ्क अनुसार पञ्जाब प्रान्तको राजधानी लाहोरमा यस अवधिमा दुई हजार ४ सय महिला बलात्कृत भएका छन् भने २ हजार ३ सयभन्दा बढी महिला अपहरणमा परेका छन् ।
पाकिस्तानको मानव अधिकार आयोगको हालैको प्रतिवेदन अनुसार देशमा हरेक दिन ११ वटा बलात्कारका घटनाहरु सार्वजनिक भइरहेका छन् । प्रतिवेदनअनुसार विगत ६ वर्ष मा यस्ता २२ हजार उजुरी प्रहरीमा परेका थिए ।
प्रतिवेदनमा समाजमा पीडित महिलालाई दोष थोपर्ने भएकाले यस्ता अपराध गर्नेहरूको मनोबल उच्च हुने गरेको उल्लेख छ । यस्ता घटना घट्नुको सट्टा बढ्दै गएका छन् र एक प्रतिशतभन्दा कम अपराधीले सजाय पाइरहेका छन् ।
प्रतिवेदनमा लाहोर युनिभर्सिटी अफ म्यानेजमेन्ट साइन्सेज (LUMS) की प्रोफेसर निदा किरमानीले भनिन्, “पाकिस्तानमा बलात्कारको संस्कृति व्याप्त हुनु दुःखद कुरा हो । यहाँ यौन दुव्र्यवहारको पीडितलाई दोष लगाइन्छ र सबै पुरुषलाई हिंस्रक प्रकृतिको भनेर वर्णन गरिएको छ । धेरै मानिसहरू यो प्रवचन परिवर्तन गर्न चाहन्छन् तर यो गाह्रो काम हो ।