इक्वेडरको राजधानीमा भारी वर्षापछि पहाड भत्किँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । क्विटो सुरक्षा विभागले कम्तिमा ४८ जना घाइते भएको बताएको छ ।
करिब २४ घण्टादेखि परेको अविरल वर्षाका कारण मंगलबार रातिको पहाड भत्किँदा आठ घर भत्किएका छन् भने कतिपयमा क्षति पुगेको छ ।
अधिकारीहरूले १२ जना बेपत्ता भएको पनि जानकारी दिएका छन् । यस प्राकृतिक प्रकोपमा धेरै क्षति भएको अधिकारीहरुले बताएका छन् । क्विटो सुरक्षा विभागले ३२ जना घाइते भएको र ८ घर पूर्ण रुपमा ध्वस्त भएको बताएको छ । यसबाहेक अन्य धेरै घरमा पनि क्षति पुगेको छ ।
राहत तथा उद्धार टोलीसँगै स्थानीयवासीले पनि नागरिकलाई सहयोग पुर्याएका छन् ।