You are currently viewing मोटरसाईकल चोरीमा संलग्न व्यक्ति प्रहरी नियन्त्रणमा

मोटरसाईकल चोरीमा संलग्न व्यक्ति प्रहरी नियन्त्रणमा

नेभा, बाँके, २ पुष,

मंसिर २९ गते जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मयुरी होटल नजिकबाट मोटरसाईकल चोरी भएको भन्ने सूचनाको आधारमा प्रहरी टोलिले एकजना व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ मा बस्ने १९ वर्षको अर्सद हलवाईलाई उक्त चोरी गरेको मोटरसाईकल सहित फेला पारी नियन्त्रणमा लिइएको छ ।

निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारवाही अघि बढाईएको कुरा जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ  ।

Leave a Reply