You are currently viewing अब घरबाटै आवेदन दिनुहोस् विद्युतीय राहदानी अर्थात इपासपोर्टका लागि

अब घरबाटै आवेदन दिनुहोस् विद्युतीय राहदानी अर्थात इपासपोर्टका लागि

बीरगञ्ज, ३ पुस,

Machine Readable Passport (MRP) एमआरपी लाई प्रचलनबाट हटाएर नेपाल सरकारले इ–पासपोर्ट (E-passport) लाई अनिवार्य गरेको छ । यदि तपाईको पुरानो पासपोर्टको मिती सकेको छ र त्यसलाई नविकरण गर्नुपर्ने छ भने पनि अब इपासपोर्टको लागि नै आवेदन दिनुपर्ने हुन्छ ।

शुरुका दिनमा काठमाण्डौबाट मात्र यो सेवा प्रवाह भएपनि यसलाई विस्तारै देशको सबै जिल्ला प्रशासन कार्यालयहरुमा विस्तार गरीसेवा प्रदान गर्ने योजना सरकारको रहेको छ ।

एक वर्ष वा सोभन्दा बढी पुरानो राहदानीको म्याद हुनेको हकमा भने विद्युतीय राहदानी जारी हुने छैन ।

अनलाईनबाट आवेदन दिन मिल्ने व्यवस्था मिलाएपछि सेवाग्राहिहरुले ठूलो राहतको सास फेर्न सक्नेछन् अनुमान गरिएको छ । तर यो फारम भर्दा राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य गरिएकोले सबै भन्दा पहिला आफ्नो जिल्ला प्रशासन कार्यालय वा अन्य सम्बन्धित कार्यालयबाट प्राप्त गर्नुपर्ने हुन्छ ।

त्यसैगरी स्पष्ट विवरण बुझिने कागजातहरु जस्तै नागरिकता प्रमाणपत्र अस्पष्ट वा काम नलाग्ने छ भने प्रतिलिपि लिंदा राम्रो । त्यसपछि आवश्यक सबै कागजातहरुको स्क्यान गरिएका डकुमेण्टहरु को साइज 400 KB को बनाएर तैयार बसेर अनलाइन फाराम भर्नु बुद्धिमानी हुनेछ ।

विद्युतीय राहदानी अर्थात E-passport को लागि आवेदन दिने तरिका यस अनुसार रहेको छ ।

सर्वप्रथम राहदानीको लागि अनलाइन फाराम भेट्टाउन र भर्नका लागि त्यसको वेबसाइट https://emrtds.nepalpassport.gov.np/ मा जानुपर्ने हुन्छ अथवा यहि लिङ्कमा क्लिक गरेर वा कपि पेस्ट गरेर पनि पुग्न सकिनेछ ।

त्यहाँ गृहपृष्ठमा दिइएको Apply For Passport अर्थात ‘राहदानीको लागि आवेदन’ बटनमा क्लिक गर्नुपर्ने हुन्छ ।

अथवा त्यहिं अलि तल आवेदनको ४ प्रकारबाट कुनै एक अप्सन (Option) छान्नुपर्छ । अप्सनमा पहिलो पटक राहदानी लिन, म्याद सकिएको राहदानी नवीकरण गर्न, हराएको वा चोरिएको राहदानीको सट्टामा, बिग्रेको राहदानीको सट्टामा, इत्यादि मध्येबाट आफ्नो आवश्यकता बमोजिम कुनै एक विकल्पमा क्लिक गर्नुपर्छ ।

६६ पृष्ठको राहदानी पछि उपलब्ध हुने भनिएकोले जिल्लाबाट राहदानी बनाउनेको हकमा हाललाई साधारण राहदानीको प्रकार तर्फ ३४ पृष्ठको राहदानी प्रदान गरिने हुनाले साधारण ३४ पृष्ठ छान्नुहोस् र अगाडि बढ्न Proceed बटनमा क्लिक गर्नुहोस् ।

त्यसपछि I Agree अर्थात ‘स्वीकृत छ’ बटनमा क्लिक गर्नुहोस् ।
Application Form मा दिइएको अन्य चार किसिमका विवरणहरु जस्तै जनसाङ्ख्यिकी जानकारी (Demographic Information), नागरिकता सम्बन्धि जानकारी (Citizenship Information), आवेदकको सम्पर्क विवरण (Applicant’s Contact Details) र आपतकालिन अवस्थामा सम्पर्क गर्ने विवरण (Contact Details in Case of Emergency) आदि खण्डहरुलाई राम्ररी भरे पश्चात Next बटनमा क्लिक गर्नुहोस् ।

फाराम भर्न कुनै कुरा छुट भएमा Errors को संदेश आउछ र पुनः सच्याउन भन्छ । एस्ट्रीक मार्क अर्थात सानो स्टार * जस्तो चिन्हले अनिवार्य खण्डलाई जनाउछ भने त्यो नभएको खण्ड एच्छिक हो भन्ने बुझ्नुपर्छ । अर्थात एस्ट्रीक मार्क अर्थात सानो स्टार * जस्तो चिन्ह नभएको खण्डमा केहि नलेख्दा पनि हुन्छ ।

त्यसपछि मुख्य कुरोमा File Attachment अन्तर्गत तोकिएका सक्कल कागजात करिब 400 KB हुने गरी स्क्यान गरेर अपलोड गर्नुपर्ने हुन्छ । तोकिएको साइज भन्दा बढी KB को फाइल हुनु भएन नत्र हैरानी हुनुपर्छ । सिस्टमले तपाइको काम गर्दैन । त्यसको साथै पठाउनुपर्ने कागजातहरुमा विरण प्रष्ट बुझिने हुनुपर्छ । बिग्रीएका वा स्पष्ट नभएकाहरुका हकमा नागरिकताको प्रतिलिपि बनाउँदा बेस हुन्छ ।

Book Your Appointment अन्तर्गत फाराम बुझाउने ठाउँ छनोट गर्दा राहदानी विभाग वा जिल्ला वा तोकिएका इलाका प्रशासन छान्न सकिने र जिल्ला वा इलाका प्रशासन कार्यालयमा निवेदन दिंदा आफूले नागरिकता लिएको वा बसाइसराइ गरेको जिल्लामा मात्र निवेदन दिन सकिने व्यवस्था गरिएको छ । ठाउँ छनोट पश्चात उपलब्ध मिति र समय बुक गर्नुहोस् । छिटो समयको लागि बुकिङ्ग गर्नेहरुको पालो पहिले आउँछ त्यसैले त्यसैअनुसार गरी ल्भहत बटनमा क्लिक गर्नुपर्ने हुन्छ ।

Application Summary अन्तर्गत आफ्नो विवरण ठिक छ छैन वा सच्याउनुपर्ने छ रुजु गर्नुहोस् र Save बटनमा क्लिक गर्नुहोस् ।

भरिएको आवेदन फाराम अनिवार्य प्रिन्ट गरेर बुक गरिएको मिति र समयमा सक्कल कागजातहरुका साथ Live Enrollment का लागि निवेदन स्वयं जिल्ला प्रशासन कार्यालय वा फाराम बुझाउने ठाउँ राहदानी विभाग छनोट गरेकाहरुको हकमा राहदानी विभागमा जानुपर्ने हुन्छ ।

राहदानीको निवेदन पेश गर्नको लागि यो पहिलो चरणको काम हो ।

लाइभइनरोलमेन्ट गर्ने ठाउँमा गएर बायोमेट्रिक बिबरण (तस्विर खिच्ने, औठा छाप लगाउने आदि) उपलब्ध गराए पछि मात्र यो चरण पुरा हुन्छ ।

यसरी आवश्यक विवरणहरु अब तपाई आफ्नै घर वा कार्यालयबाट इन्टरनेटको माध्ययमले भर्न सक्नुहुनेछ ।

आवश्यक पर्ने साथीलाई पनि शेयर गरी मद्दत गर्नुहोस् ।

Leave a Reply