You are currently viewing यो देशको राष्ट्रपति माथि भयो घातक हमला

यो देशको राष्ट्रपति माथि भयो घातक हमला

नेभा, २२ कार्तिक,

प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासमाथि आज घातक हमला भएको छ । रिपोर्टका अनुसार आतंककारीहरूले प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासको गाडीमा लागातर गोली चलाएर उनको हत्या गर्ने प्रयास गरेका छन् । रिपोर्टका अनुसार अबु जन्दलको छोराले अब्बासलाई इजरायलविरुद्ध युद्धको घोषणा गर्न २४ घण्टाको अल्टिमेटम दिएको थियो ।

यस आतंकवादी संगठनले अब्बासलाई त्यसो नगरेमा नराम्रो परिणाम भोग्नुपर्ने धम्की समेत दिएको थियो । आज, यो समयसीमा सकिएपछि, अब्बासको काफिलेमा हमला भएको छ जसमा प्यालेस्टिनी राष्ट्रपतिको हत्या गर्ने प्रयास गरेका छन् । अबु जन्दलको छोराले प्यालेस्टिनी राष्ट्रपतिमाथि हमलाको जिम्मेवारी लिएको छ ।

आतङ्ककारी समूहका आक्रमणकारीले राष्ट्रपतिको गाडीमा हमला गरेको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा ‘सन अफ अबु जंदालका आतंककारीहरूले राष्ट्रपति अब्बासको काफिलेमाथि गोलीबारी गरिरहेको स्पष्ट देखिन्छ ।

Leave a Reply