You are currently viewing बाल विवाहका तीन मतियारहरु खोरमा, प्रहरीले चाल्न थाल्यो कडा कदम, बच्न गार्हो

बाल विवाहका तीन मतियारहरु खोरमा, प्रहरीले चाल्न थाल्यो कडा कदम, बच्न गार्हो

बीरगञ्ज, पर्सा, ३० अषाढ,

बाल विवाह गैरकानूनी हो भनी थाहा हुँदा पनि धेरैले प्रहरीको आँखामा छारो हाली मिलेमतोमा २० वर्ष उमेर नपुगेका बालबालिकाहरुको विवाह गर्ने गरेका धेरै उदाहरणहरु हाम्रै समाजमा पाइन्छ । तर यतिबेला नेपाल प्रहरीले बालविवाह गर्ने गराउने जो कोहिलाई पनि कानूनको दायरामा राखी कारवाहि गर्नबाट पछि हट्ने मुडमा देखिन्दैन ।

यसको ज्वलन्त उदाहरण स्वरुप जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं. ५ बेलहिया पनटोका बस्ने महेश सहनी तथा पकाहामैनपुर गाउँपालिका वडा नं. १ धोरे बस्ने ठग सहनीले आपसी सहमति गरी १७ वर्षीया बालिका तथा पकाहामैनपुर गाउँपालिका वडा नं. १ धोरे बस्ने वर्ष २४ को विशाल सहनीको विवाह पछिल्लो वर्ष अर्थात २०७७ को माघ महिनाको १९ गते धोरेस्थित भुटनदेवी मन्दिरमा गराएकोले वाल विवाह गर्ने तथा गराउनेलाई कारवाहिको दायरामा ल्याएको खबर प्राप्त भएको छ ।

पर्सा प्रहरीले दिएको जानकारी अनुसार बालविवाहमा संलग्न ३ जना व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट दिन पाँच दिनको म्याद थप गरी मुलुकी अपराध संहिताको दफा १७३ विपरीत विवाह सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ ।
विवाह सम्बन्धि कसूर अन्तर्गत प्रक्राउ पर्नेमा २४ वर्षिय दुल्हा विशाल सहनी, ६५ वर्षिय ठग सहनी तथा ४८ वर्षिय महेश सहनी रहेका छन् भने अन्य संलग्न व्यक्तिहरुलाई समेत कानूनको दायरामा ल्याउन प्रयास भइरहेको छ ।

त्यति मात्र नभई पर्सा जिल्लाका विभिन्न भागमा २० वर्ष पूरा नभएका युवायुवतीले यस किसिमको वालविवाह गर्ने तथा अभिभावकहरूले गराउने गरेको भन्ने जानकारी हुन आएकोले सो सम्बन्धमा प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको तथा त्यस्ता वालविवाह गर्न लागेको, गरिरहेको वा गरेको जानकारी पाउनुहुने सबैलाई तत्काल प्रहरीलाई खबर गरेर सहयोग गर्न समेत अनुरोध गरेको छ ।

Leave a Reply