जिल्ला मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा उमेश पौदारले संचालन गर्दै आएको आफ्नो धानको गोदाम अगाडी पार्किङ गरि राखेको दुईवटा ट्याक्टरको ब्याट्रीहरु चोरी भएको थियो ।
रंगेली बजारमा रहेका विभिन्न मन्दिरहरुमा रहेका घण्टीहरु चोरी गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको छ ।
जिल्ला मोरङको इलाका प्रहरी कार्यालय रंगेली कार्यालयबाट खटिएको प्रहरी टोलिले रंगेली वडा नम्बर ७ स्थित कालिमन्दिर धर्मशालाबाट पक्राउ गरी अनुसन्धान भइरहेको कुरा इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।