नेभा, २९ भाद्र,
भदौ २९ गते बिहान विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ३ जना व्यक्तिहरुलाई लागूऔषध गाँजा सहित पक्राउ गरेको छ ।
जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका वडा नं. १० बसपार्क स्थित सडकमा शंकास्पद रुपमा उभिरहेका जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नम्बर ९ टाँगा बस्ने बर्ष ३२ को मनोज यादव, सोहि स्थानका अन्दाजी बर्ष ३० का अमिर लाल प्रसाद यादव र बर्ष ४५ को जंग बहादुर पासवनलाई प्रहरीले पक्राउ गरेको छ ।
शंका लागी निजहरुको शरीरको रितपुर्वक खानतलासी गर्दा तीनै जनाको कम्मरको भागमा बेल्ट जस्तो बनाई प्लाष्टिक भित्र लुकाई छिपाई गरी ल्याएको अवस्थामा लागू औषध गाँजा २/२ किलोको दरले जम्मा ६ किलो फेला परेको हुदाँ उक्त लागूऔषध गाँजा सहित निजहरुलाई मकवानपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइएको छ ।
तीनैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको कुरा जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रकाशित गरेको बिज्ञप्ति द्वारा जनाइएको छ ।
फोटो: मकवानपुर प्रहरी