You are currently viewing माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइइ)को आवेदन फाराम खुल्यो, छुट्नुहोला नि…

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइइ)को आवेदन फाराम खुल्यो, छुट्नुहोला नि…

बीरगञ्ज, १४ मंसिर,

२०७९ सालको एसइइ परीक्षामा समावेश हुनका लागि शैक्षिक सत्र २०७९ सालमा कक्षा १० मा नियमितरुपमा अध्ययनरत विदार्थीहरुले (माध्यमिक तहको खुला तथा वैकल्पिक विधालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु समेत) का लागि मंसिर ८ गते राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले परीक्षा फाराम भर्न सूचना निकालेको छ ।

मंसिर ०८ गते देखि फाराम भर्न शुरु गरिएको तथा पौषको १० गते भित्र आवेदन फाराम भर्ने भराउने कार्य गरिसक्नका लागि सम्बन्धित सबै शिक्षा विकास निर्देशनालय, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश÷शाखा कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तहका शिक्षा शाखा, विद्यालय तथा विद्यार्थीको जानकारीका लागि राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइटमा सूचना प्रकाशित गरिएको छ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

Leave a Reply