You are currently viewing ठाराब क्याम्पसको प्रमुखमा डा. राजदेव कुश्वाहा नियुक्त
Campus Chief, TRMC

ठाराब क्याम्पसको प्रमुखमा डा. राजदेव कुश्वाहा नियुक्त

बीरगञ्ज, जेठ १९,

त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा रहेको बीरञ्जको ठाकुरराम बहुमुखि क्याम्पसको प्रमुख पदमा सह प्राध्यापक डा. राजदेव कुश्वाहालाई नियुक्त गरिएको छ ।

त्रिभुवन विश्व विद्यालयको कार्यकारिणी बैठकको निर्णय अनुसार जेठ १८ गते देखि लागु हुने गरी डा. कुश्वाहालाई नियुक्त गरिएको भए ता पनि उनी क्याम्पसमा एक कार्यक्रमको बीच उपस्थित प्राधाध्यापक, सहायक क्याम्पस प्रमुख तथा कर्मचारिहरुबाट कार्यकालको सफलताको शुभकामना लि“दै जेठ १९ गते क्याम्पस प्रमुखको पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण कार्यक्रमको अवसरमा सहायक क्याम्पस प्रमुख द्वय प्रमोद कुमार गुप्ता र नर सिह महतो, विद्यार्थी कल्याण प्रमुख दिनेश साह, लेखा प्रमुख गुन्जन सिहं, परीक्षा प्रमुख कृष्णा ठाकुर, पुस्तकालय प्रमुख निरज वैध, कर्मचारीहरू किशोरी चौधरी, उमेश साह, विजय कुश्वाहा आदिको उपस्थिति रहेको थियो ।

विशेष अतिथीका रुपमा प्राध्यापक विद्यानन्द प्रसाद, त्रिवी प्राध्यापक संघका सचिव कन्हैया झा, उमा मिश्र, रघुनाथ चौरसिया, पूर्व क्याम्पस प्रमुख द्वय कृपासिन्धु चौधरी र ललन द्विवेदी लयायत अन्य प्राध्यापक महानुभावहरुको उपस्थिति रहेको थियो ।

यस अघि २०७३ सालको माघ २० गते निमित्त क्याम्पस प्रमुखको रुपमा नियुक्त भई हालसम्म अर्थात ३ वर्ष ४ महिना आफ्नो जिम्मेवारीहरु सफलतापूर्वक निर्वाह गर्न सहयोग गर्ने सम्पूर्णमा डा. प्रमोद कुमार कुश्वाहाले सबैलाई धन्यवाद दिनु भएको छ ।

Leave a Reply