अदुर्दर्शी, असक्षम र कार्यसम्पादन गर्न गराउन नसक्ने कार्यालय प्रमुख रामकैलाश पाण्डेयले गर्दा नेपाल टेलिकम बीरगंज शाखाले अत्याधुनिक Next Generation Network Technology मा आधारित Optical Fiber द्रुतगतिको इन्टरनेट, एफटिटिएच (FTTH: Fiber To The Home) सेवा क्षेत्र विस्तार गर्न नसकेकोले राज्यले वार्षिक करोडौ राजस्व गुमाउनु परेको तथ्य बाहिरिएको छ ।
स्रोत साधन तथा दक्ष जनशक्ति उपलब्ध भएपनि आफ्नो दृढ इच्छा शक्ति रसक्षमताको कमिले गर्दा दैनिक कार्यसम्पादन बाहेक पाण्डेयले अरु केही पनि गर्न सकेका छैनन् ।
नेपाल टेलिकमले राजधानि काठमाण्डौ बाहिर पोखरा, बीरगंज, बुटवल, भरतपुर, भैरहवा, नेपालगंज, धनगढी र महेन्द्रनगरमा एफटिटिएच सेवा लामो समय देखि प्रदान गरेको दावी गरेको भएपनि कार्यालय प्रमुख पाण्डेयले गर्दा हालसम्म बीरगंजवासीले यसको लाभ लिन सकेका छैनन् । कतिलाई त यसको बारेमा जानकारी समेत छैन् । सेवा लिन टेलिकमको कार्यालय, घण्टाघर जाँदा सेवा विस्तार नहुञ्जेल आफू केही गर्न नसक्ने भनी अप्रत्यक्षरुपले नीजिसेवा प्रदायक कम्पनि प्रोत्साहन गरेको जोकोहि सजिलै बुझ्न सक्छ ।
‘कर्मचारीले सहयोग नगरेको, म्यापिङ्गको काम चलिरहेको र माथिल्लो तहमै राजनीति भएकोले गर्दा सेवा विस्तार गर्न कठिनाइ भइरहेको तर एक–दुई महिनामै धेरै बीरगंजवासीले यो सेवासुविधाको लाभ लिन सक्ने’ भनेर आश्वासन दिएको पनि ६ महिना भन्दा बढी बित्दा पनि आज मंगलवार कार्यालय प्रमुख पाण्डेयलाई सो बारे बुझ्न पुग्दा वहाँ सँग त्यहि उत्तर बाहेक अरु केहि नरहेको बताउँछन् सेवा लिन तकाता गर्न गएका गहवा निवासी दिपेन्द्र कानु ।
नीजि कम्पनिले एक कल फोन गर्दा तुरुन्त आएर इन्टरनेट सेवा जडान गर्ने, मरम्मत गर्ने र बिना झण्झट सम्पूर्ण जानकारी दिने गरेको पाइन्छ । तर जनताको सेवाको लागि राज्यले मोटो तलब तथा सुविधा दिएर पालेका कर्मचारीहरुलाई पाण्डेयले प्रयोग गर्न नसक्नु दुर्भाग्य हो जसले गर्दा राज्य र जनताले ठूलो क्षति व्यहोर्नु परेको छ ।
सबै स्रोत, साधन र जनशक्ति भएपनि सेवा विस्तार गर्न अनेक बाधा र अड्चन बाहेक कुनै निश्चित मिती बताउन नसक्नुले भित्रभित्रै नीजि कम्पनिसँग कुनै किसिमले आर्थिक लाभ त छैन भन्ने कुरामा पनि आशंका रहेको बीरगंजका इन्टरनेटप्रेमी युवाहरु बताउँछन् ।
आफ्नो अक्षमतालाई पाण्डेयले कर्मचारी असहयोग र अनावश्यक राजनीतिको नाममा लुकाउन प्रयास गरेको सजिलै बुझ्न सकिन्छ ।