जिल्ला, पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भानुचोक बसपार्क स्थित सडकखण्डमा बिशेष सूचनाको अधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय, पर्सा र यस कार्यालय मातहत प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्ने व्यक्ति भारत बिहार जिल्ला पुर्वी चम्पारण थाना रामगढवा ग्राम रामगढवाको २५ वर्षको धिरज कुमार हुन् । उनलाई लागूऔषध सम्बन्धी कसूरमा पक्राउ गरिएको हो ।
संकास्पदरूपमा हाँतमा झोला लिइ पैदल हिंडिरहेका निजलाई कानूनी रीतपुर्याई खानतलासी गर्दा प्लाष्टिकको झोलामा पेपर र सेतो पानीटेपले बेरिएको लुकाई छिपाई राखिएको लागूऔषध नुरफिन ३०० एम्पुल, फेनारगन ३०० एम्पुल र डाइजेपाम ३०० एम्पुल गरी जम्मा ९०० एम्पुल फेला परेको हुँदा पक्राउ गरिएको कुरा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जनाएका छन् ।
उल्लेखित लागूऔषध सहित नियन्त्रणमा लिई निज बिरुद्ध लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको छ ।