You are currently viewing चिसो कम नहुँदा बीरगंज महानगरमा विदा थप

चिसो कम नहुँदा बीरगंज महानगरमा विदा थप

नेभा, बीरगंज, ७ माघ,

बीरगंज महानगरपालिकाले आज देखि सुरु भएको पठनपाठनलाई बढ्दो जाडोको कारण केहि दिनको लागि पुन स्थगित गरेको छ । आज आइतबार देखि बिदा सकेर विधालयहरुमा पढाई सुरु भएको थियो ।

केहि दिन देखि शितलहर सहित चिसो बढ्दै गइरहेको हुँदा विधार्थीहरुलाई आउन जान कठिन भइरहेकोले माघ ८ गते देखि १० गते सम्म जाडो विदा लम्ब्याइएको कुरा शैक्षिक प्रशाशन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले जनाएका छन् ।

यसअघि महानगरपालिकाले माघ १ गतेसम्म जाडो विदा दिएको थियो । चिसो बढ्दा सो विदालाई ४ गतेसम्म लम्ब्याइएको थियो र फेरि बढ्दो चिसोको कारण माघ ८ गते देखि १० गते सम्म जाडो विदा रहने छ ।

Leave a Reply