मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वाड नम्बर १ स्थित कुमारगाउँमा सोहि ठाउँ वडा नम्बर ९ बस्ने अन्दाजी ४९ वर्षको सहदेव बजगाईको कुखुरा फर्ममा टाउकोमा प्रहार गरेको अवस्थामा निज सहदेव बजगाईको लाश फेला परेको थियो ।
उक्त घटना सम्बन्धमा अनुसन्धानको क्रममा सोहि फर्ममा काम गर्ने मानिसहरु खोजतलास गर्ने क्रममा फरार रहेका जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ४ हाटखोला घर भई उक्त कुखुरा फर्ममा काम गर्ने ३६ वर्षको छिरिङ भन्ने सुनिल तामाङ र निजको श्रीमती ३३ वर्षकी प्रनिसा पाँचकोटीलाई पक्राउ गरिएको थियो ।
पक्राउ गरी अनुसन्धान गर्दा असार २६ गते राती निजहरूले सहदेब बजगाईको टाउको र शरिरको अन्य भागहरुमा बन्चरो र फलामको दाउ प्रहार गरी मारी फरार भएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको कुरा प्रहरीले जनाएको छ ।
पक्राउ परेका निजहरुलाई कर्तव्य ज्यान मुद्दामा मोरङ जिल्ला, अदालतबाट दिन ५ म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।