You are currently viewing अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी गर्यो एक १६ बर्षिया बालिकाको हत्या

अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी गर्यो एक १६ बर्षिया बालिकाको हत्या

नेभा, मोरङ, २२ फाल्गुन,

मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोल बस्ने १६ वर्षीया ज्ञानमती फुलुङ राईको अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको छ ।

सोमबार राती आफ्नै घर पछाडी रहेको शौचालय जाने क्रममा अपरिचित व्यक्तिले पछाडीबाट धारिलो हतियारले प्रहार गर्दा बालिकाको घटनास्थलमा मृत्यु भएको थियो ।

उक्त घटनाबारे जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय, पथरीबाट प्रहरी टोली खटि गई घटना बारे अनुसन्धान भइरहेको छ ।

थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय, मोरङ तथा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले खटि घटनामा संग्लग्न व्यक्तिको खोजतलास गरिरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Leave a Reply