You are currently viewing बेलायतको निर्वाचनमा ऋषि सुनाक हार स्वीकार गर्दै लेबर र कीर स्टारमरलाई दिए बधाई

बेलायतको निर्वाचनमा ऋषि सुनाक हार स्वीकार गर्दै लेबर र कीर स्टारमरलाई दिए बधाई

नेभा, बेलायत, २१ असार,

सन् २०२४ को बेलायतको आम चुनावमा लेबर पार्टीले जित हासिल गरेको छ । ऋषि सुनाकले हार स्वीकार गरेका छन् । तर, बेलायतका निवर्तमान प्रधानमन्त्री ऋषि सुनाक आफ्नो सिटबाट विजयी भएका छन् ।

वर्तमान प्रधानमन्त्री ऋषि सुनाकले लेबरले आम चुनाव जितेको बताए । मैले केइर स्टारमरलाई उनको जितका लागि बधाई दिन फोन गरेको थिए । सुनकले आज शान्तिपूर्ण र व्यवस्थित रूपमा सत्ता हस्तान्तरण हुने पनि बताए ।

जानकारीअनुसार लेबर पार्टीले बेलायतको संसदमा बहुमतका लागि आवश्यक सिटहरू आधिकारिक रूपमा जितेको छ । बिहानको ५  बजे सम्ममा लेबरले ६५० मध्ये ३२६ सिट जितेको थियो । लेबर पार्टीका नेता कीर स्टारमरले अब बहुमतको सरकार बनाउनेछन् । “हामीले यो गर्यौं”, स्टारमरले लन्डनको टेट मोडर्न म्युजियममा समर्थकहरूलाई भने ।

ऋषि सुनाकले भने, आज सद्भावका साथ, शान्तिपूर्ण र व्यवस्थित रूपमा शक्ति परिवर्तन हुनेछ । “यो यस्तो कुरा हो जसले हामी सबैलाई हाम्रो देशको स्थिरता र भविष्यमा विश्वास दिलाउनुपर्छ । हामी तपाईँलाई के बताउँछौँ भने कन्जरभेटिभ पार्टी लगभग १४ वर्षसम्म बेलायतमा सत्तामा थियो । तर, अहिले लेबर पार्टीले ठुलो जित हात पारेको छ ।

Leave a Reply