You are currently viewing वार्षिकोत्सवको अवसरमा मन्त्रि पौडेलद्वारा कानू सम्मानित

वार्षिकोत्सवको अवसरमा मन्त्रि पौडेलद्वारा कानू सम्मानित

बीरगंज, १२ कार्तिक,

बीरगंज स्थित नारायणी एफएमको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमकाबीच ७६ वर्षिय नागेन्द्रप्रसाद कानू सम्मानित भएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि माननिय देवेन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा भोजपुरी भाषा तथा साहित्यको उन्नयनमा गहवा निवासी नागेन्द्रप्रसाद कानूलाई उनको योगदानको उच्च मूल्याङ्कन गर्दै मन्त्रि पौडेलले कदरपत्र तथा दोसल्लाले सम्मान गरेका हुन् ।

सो कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा विभिन्न तरिकाले योगदान पुर्याएका बीरगंज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी, नारायणी एफएमका संस्थापक अध्यक्ष रमेश भट्टराई, संस्थापक स्टेशन म्यानेजर शिवराम तिवारी, नारायणी एफएमकै शोभाकर बुढाथोकी, क्रान्ति साह, स्वास्थ्यकमी इन्दिरा लोहनी, एम्बुलेन्स चालक समसुल होदा मियाँ, कुस्ती खेलाडि सुमिरकुमार साह, महिला उद्यमी गुजेश्वरी गुप्ता, रेडियोको ग्रामिण संवाददाता बिदुर खड्कालाई पनि सम्मानित गरिएको थियो ।

नारायणी एफएमका अध्यक्ष गोविन्द देवकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी, पर्साका प्रमख जिल्ला अधिकारी उमेश ढकाल, उद्योग वाणिज्य महासंघ प्रदेश नं. २ का अध्यक्ष गणेश लाठ, बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, नेकपा माओवादी केन्द्रका बीरगंज महानगर अध्यक्ष रहबर अंसारी, जसपा पर्साका सचिव तबरेज अहमद लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply