रौतहट जिल्लाको मोतिपुरमा अर्को आदेश जारी नभए सम्मको लागी कर्फ्यु आदेश जारी गरीएको छ । यो आदेश प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीबाट जारी गरीएको हो ।
बिहिबार ईशनाथ नगरपालिकाको वडा नम्बर ६ र ७ मा सरस्वती मूर्ती बिसर्जनको क्रममा मोतिपुरमा दुई पक्ष बिच विवाद तथा झडप उत्पन्न भएको थियो । यही विषयलाई लिएर ५ गते घिउरामा फेरि विवाद तथा झडप उत्पन्न भएकोले सर्वसधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम शान्ति भंग हुनबाट बचाउनको लागि ५ गते बेलुका ५ बजे देखि अर्को आदेश जारी नभए सम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको छ ।
कर्फ्यु आदेश जारी भएको ईशनाथ नगरपालिकाको सिमा क्षेत्र पूर्वमा जोकहा गाउँ देखि पश्चिममा सानो जोकहाँ गाउँ सम्म र उत्तरमा रामपुरखाप देखि दक्षिणमा जयनगर प्रहरी चौकी सम्म हो ।