पुष २ गते जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय अमलेखगंज र प्रहरी चौकी पथलैया बाराबाट खटिएको बिशेष प्रहरी टोलीले अबैध प्याज र जुत्ताहरुलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला बारा, जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंजमा बा १७ च ७७८० नम्बरको मारुति भ्यान भित्र अन्दाजी मुल्य रू. २ लाख ८० हजार ५ सय बराबरको विभिन्न किसिमको २४३ जोर जुत्ता र जिल्ला बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा प्र.१-०१-००१ ख ३५७८ नम्बरको गन्तव्य तर्फ गएको यात्रुबहाक बस भित्र अन्दाजी मुल्य रू. ५५ हजार बराबरको १००० किलो प्याज हुँदा उक्त गाडीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक्त गाडीलाई रोकी चेक जाँच गर्दा बिल बिजक नभएको अबैध भन्सार छल्ली ल्याएको अन्दाजी मुल्य ३ लाख ३५ हजार ५ सय रूपैया बराबरको निम्न समानहरू नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको कुरा जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।