You are currently viewing मामालाई कुटपिट गरी ज्यान मार्ने भान्जा पक्राउ

मामालाई कुटपिट गरी ज्यान मार्ने भान्जा पक्राउ

नेभा, चितवन, २८ चैत,

नातामा मामा र भान्जा पर्ने जिल्ला चितवन इच्छाकामना गाउँपालिका वडा नम्बर १ ज्यानदाला बस्ने ४२ वर्षको मामा चन्द्र बहादुर चेपाङ र सोहि ठाउँमा बस्ने २३ वर्षको भान्जा लोक बहादुर चेपाङ घरेलु मदिरा सेवन गरी एकआपसमा वाद विवाद गरेका थिए ।

एकआपसमा कुटपिट हुँदा निज चन्द्र बहादुर चेपाङको श्रीमती आई दुवैलाई छुट्याई निज चन्द्र बहादुर चेपाङलाई आफ्नो घर तर्फ ल्याई सुताएकोमा चैत सोहि दिन २६ गते रातको समयमा श्रीमतीले मृत्यु भएको थाहा जानकारी पाई सोहि समयमा स्थानिय तथा जनप्रतिनिधिलाई जानकारी गराएको थियो ।

जानकारी गराएकोमा जनप्रतिनधिबाट आज चैत २७ गते जानकारी प्राप्त भई तत्काल उक्त स्थानमा इलाका प्रहरी कार्यालय, मुग्लिङ चितवनबाट प्रहरी निरिक्षकको कमाण्डमा SOCO सहितको मुचुल्काटोली खटीई गई मृत लासको जाँच मुचुल्का घटनास्थल मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान पुरा गरीएको थियो ।

उक्त अनुसन्धान पुरा गरी मृत लासलाई पोष्ट मार्टमको लागि भरतपुर अस्पताल चितवन पठाईएको थियो र घटनामा संलग्न लोक बहादुर चेपाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

Leave a Reply