सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ की २६ वर्षीया रत्नमाया भुजेललाई नवजात शिशुको हत्याको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
निज महिलाले असार ७ गते शुक्रबार आफ्नै घर छेउमा रहेको सल्लाघारी जंगलमा ७ महिनाको नवजात शिशुलाई जन्माई सालनाल सहित खाल्डोमा पुरेको थिए ।
खबर प्राप्त भएसगैं जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट शिशुको शव निकाली पोष्टमोर्टमको लागि जिल्ला अस्पताल फाप्लुमा पठाएको थियो ।
हत्यामा संलग्न आमा रत्नमाया भुजेललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।