नेभा, ८ मार्ग,
पर्सा जिल्लामा आज भोली अपराधिक क्रियाकलापहरु बढ्दै गएको छ र यहि कारणले गर्दा पर्सा प्रहरीहरुले पनि बीरगंजका अनेकौ चोक तथा सडकहरुमा चेकजाँच बढाएका छन् ।
मङलबारको दिन राती १२ बजेको करीबमा अस्थायी प्रहरी पोष्ट शिवपार्वती पर्साबाट खटिएको प्रहरीहरुले चेकजाँच गर्ने क्रममा आकासे रंगको नयाँ स्कुटीलाई रोकेर जाँचपड्ताल गर्दा बीरगंज महानगरपालीका वडा नम्बर १० का बासीन्दा प्रभात साह र उनका छोरा अभय साहसँग आवश्यक सोधपुछ तथा निजले स्कुटीमा बोकेको बोराको चेकजाँच गर्दा बोरा भित्र लुकाएर ल्याउँदै गरेको Teerwex-50 (Tramadol Hydrochloride Capsules) लेखीएको नेपालमा प्रतिबन्धित औषधी बरामद हुँदा निजलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त प्रतिबन्धित औषधीलाई बरामद गरी प्रभातलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि पठाइएको छ भने औषधीलाई औषधी व्यवस्था बिभाग शाखा कार्यालय बीरगंजमा पठाइएको छ ।
फोटो: वडा प्रहरी कार्यालय, श्रीपुर, बीरगंज
