बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका वडा नम्बर ८ स्थित भारतबाट भन्सार छली ल्याउदै गरेको रु. ३० हजार बराबरको प्याज प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस्तै २ गते नेपालगंज उपमहागरपालिका वडा नम्बर १ स्थित अबैध रुपमा भारतबाट ल्याउदै गरेको ब्रोईलर कुखुरा मोटरसाईकल सहित नियन्त्रणमा लिइएको थियो । उक्त कुखुरा अन्दाजी रु.१ लाख ७५ हजार मुल्य बराबरको थियो ।
उक्त प्याज र कुखुरा बरामद गरि आवश्यक कारवाहीको लागी भन्सार कार्यालय, नेपालगंज र पशु क्वारेन्टाईन कार्यालय, नेपालगंजमा पठाईएको कुरा, जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।