आफ्नै आमाको हत्याको आरोपमा भोजपुर अरुण गाउँपालिका वडा नम्बर ४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङ पक्राउ परेका छन् ।
उनले ६८ वर्षीयको आफ्नै आमा निर कुमारी तामाङलाई धारिलो हतियार सिक्कलले टाउकोमा प्रहार गरि हत्या गरेका थिए ।
घटनाको जानकारी पाउन साथ अस्थाई प्रहरी पोष्ट चरम्बी र इलाका प्रहरी कार्यालय, तिवारीभंज्याङ प्रहरी टोलीले मिलन तामाङलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।