You are currently viewing बिहारमा अदालत जाने क्रममा बुबा र छोराको गोली हानेर हत्या

बिहारमा अदालत जाने क्रममा बुबा र छोराको गोली हानेर हत्या

नेभा, बिहार, ३० जेठ,

बिहारको सारण जिल्लाको मुफस्सिल थाना क्षेत्रमा बुधबार बिहान अज्ञात आक्रमणकारीहरूले बुबा र छोराको गोली हानी हत्या गरेका छन् । बुबा र छोरा दुवै वकिल थिए र घटना हुँदा अदालत जाँदै थिए । घटनापछि वकिलहरु बीच  आक्रोश छ ।

पुलिसका अनुसार मेथवालिया गाउँका बासिन्दा अधिवक्ता राम अयोध्या राई आफ्नो छोरा सुनील राईसँग बाइकमा अदालत जाँदै गर्दा मोटरसाइकलमा आएका ५-६ अपराधीले दुवैलाई घेरे र गोली हाने । अपराधीहरूले धेरै राउन्ड गोली हाने, अहिले त्यस क्षेत्रमा आतङ्क फैलिएको छ ।

तत्कालै उनलाई सदर अस्पताल लगिएको थियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरे । पुलिस घटनास्थलमा पुगेको छ र अनुसन्धान सुरु गरेको छ । घटनास्थलबाट धेरै सबुतहरू पनि बरामद गरिएको छ ।

घटनाको कारण अहिले अज्ञात छ । तर, यसको कारण भूमि विवाद रहेको बताइएको छ । प्रहरीले यस मामिलामा अन्य कोणबाट पनि अनुसन्धान गरिरहेको छ ।

श्रोत: इन्डिया टिभी

Leave a Reply