उमेर बढ्दै जाँदा शरीरमा पोषक तत्वको कमी हुन थाल्छ । खासगरी महिलाको शरीरमा भिटामिन र धेरै मिनरल्स कम हुन थाल्छ । ४० वर्षपछि महिलालाई थप पोषण चाहिन्छ । यसको कारण शरीरमा हुने हार्मोनल परिवर्तन र बढ्दो उमेर दुवै हो । महिलाहरू युवावस्थामा आफ्नो खानपानप्रति लापरवाही हुन्छन्, जसको प्रभाव उमेरसँगै बढ्दै जान्छ ।
बच्चा जन्माएपछि र हर्मोनल परिवर्तन भएपछि महिलाको शरीर कमजोर हुन्छ र सजिलै रोगको चपेटामा पर्न सक्छ । यस्तो अवस्थामा ४० वर्षको उमेरपछि महिलाहरूले आफ्नो आहारमा यी आवश्यक भिटामिन समावेश गर्नुपर्छ ।
बढ्दो उमेरसँगै महिलाको अनुहारमा पनि बुढ्यौली देखिन थाल्छ । यस्तो अवस्थामा तपाईंले आफ्नो आहारमा भिटामिन ई युक्त चीजहरू समावेश गर्नुपर्छ । यसले तपाईको छाला, कपाल र नङलाई स्वस्थ राख्छ । भिटामिन ई ले चाउरी र दागको समस्यालाई पनि कम गर्न सकिन्छ । यसका लागि आफ्नो आहारमा बदाम, पिनट बटर र पालक जस्ता चीजहरू समावेश गर्नुहोस् ।
उमेर बढ्दै जाँदा महिलालाई हड्डीसम्बन्धी रोगले सताउन थाल्छ । यसका लागि समय समयमा भिटामिन डी युक्त आहार र सप्लिमेन्ट लिइरहनुहोस् । शरिरमा भिटामिन डी र क्याल्सियमको कमीका कारण हड्डी दुख्ने समस्या महिलालाई सबैभन्दा बढी सताउने समस्या हो । यसका लागि दैनिक ३० मिनेट घाममा बस्नुहोस्, आफ्नो आहारमा दूध, चीज, च्याउ, सोया, बटर, दलिया, फ्याटी माछा र अण्डा जस्ता खाने कुराहरु समावेश गर्नुहोस् ।
४० वर्षपछि महिलाको शरीरमा धेरै रोग लाग्न थाल्छन् । यसको कारण तपाईको कमजोर हुने रोग प्रतिरोधात्मक क्षमता पनि हुन सक्छ । तसर्थ, तपाईंले आफ्नो आहारमा भिटामिन सी युक्त चीजहरू समावेश गर्नुपर्छ । भिटामिन सी ले छालालाई स्वस्थ राख्छ । तपाईंले आफ्नो आहारमा कागती, सुन्तला, हरियो तरकारी र अमला समावेश गर्नुपर्छ ।