You are currently viewing अनलाईन मार्फत ठगी गर्ने श्रेष्ठ पक्राउ

अनलाईन मार्फत ठगी गर्ने श्रेष्ठ पक्राउ

नेभा, काठमाडौं, २१ मंसिर,

सामाजिक संजाल फेसबुक, टिकटक, इन्स्टाग्रामको मार्केटमा फेसबुक पेजमा Term Electric Gadgets नाम राखी सस्तोमा Iphone 12 pro र Iphone 13 pro जस्ता मोबाईलहरु बिक्रिमा राखेर ठगि गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

निवेदकहरुसँग Online मा च्याट गरी लगानी गर्न लगाएर गिफ्ट दिने प्रलोभन र मोबाईल बिक्रीको झुठो विज्ञापन राखी आश्वासन दिई पिडितहरुलाई डेलिभरीको सामान आईपुगेको छ र तपाईले कस्टम चार्ज, डेलीभरी चार्ज र ईन्सुरेन्स चार्ज जस्ता बिभिन्न प्रयोजनमा रकम तिर्नु पर्छ भनी पिडितलाई बिश्वास दिलाई बिभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खातामा जम्मा रु ८ लाख ४ हजार ९ सय ८५ मात्र रकम पठाउन लगाई लिई ठगी गरेकोले ठगी कार्यमा संग्लन जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नम्बर ७ मा स्थायी घर भएका २५ बर्षको रमेश श्रेष्ठलाई पक्राउ परेको छ ।

निजलाई प्रचलित कानुन बमोजिम ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाईएको खबर प्रवक्ता, सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिएका छन् ।

Leave a Reply