सूचनाको आधारमा निरन्तर निग्रानी पश्चात जिल्ला प्रहरी कार्यालय, संखुवासभाबाट खटिएको प्रहरी टोलीले जेठ २३ गते जिल्ला संखुवासभा खाँदबारी नगरपालिका वडा नम्बर १ टुडिखेल बसपार्कबाट एकजना भारतीय नागरिकलाई लागूऔषध खैरो हिरोइन सहित नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्ने भारतको बिहार, जिल्ला पूर्णिया थाना कवास पोष्ट गुडी वडा नम्बर १४ ग्राम तेत्रिवाडी बस्ने ३० वर्षको एम डी साहेवजान हुन् । निजलाई २.८ ग्राम लागूऔषध खैरो हिरोइन र नगद रु. २० हजार सहित पक्राउ गरीएको हो ।
बिहारको पूर्णिया बस्ने निज एम डी साहेवजान केही समय देखि लागूऔषध कारोवार गरीरहेको गोप्य सूचनाको आधारमा निजलाई पक्राउ गरीएको हो ।
निज उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ ।