You are currently viewing श्रीलंकनहरूलाई युरोपियन मुलुक पठाउने भनी नेपालमा बन्धक राख्ने पाकिस्तानी नागरिकहरू पक्राउ

श्रीलंकनहरूलाई युरोपियन मुलुक पठाउने भनी नेपालमा बन्धक राख्ने पाकिस्तानी नागरिकहरू पक्राउ

नेभा, काठमाडौं, २३ चैत,

श्रीलंकन नागरीकहरूलाई वैदेशिक रोजगारको लागि क्यानडा, रोमानिया, ग्रिस लगायतका देशहरूमा पठाई दिने विश्वास दिलाई श्रीलंकाबाट नेपाल ल्याई उपत्यकाका विभिन्न स्थानहरूमा रहेका होटलमा राखी पिडितहरूको पासपोर्ट नियन्त्रणमा लिईएको थियो ।

विभिन्न किसिमका धाकधम्की दिई, कुटपिट गर्नुका साथै आफन्तसंग सम्पर्क गर्न नदिई साथमा रहेको नगद समेत लिई जबर्जस्ती बन्धक बनाई राखेको अवस्थामा उक्त व्यक्तिहरुको उद्धार गरिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुशन्धान, कार्यालयबाट खटिएको टोलिले चैत २२ गते पीडितहरूलाई सकुशल उद्धार गर्नुका साथै उक्त कार्यमा संलग्न रहेका व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्ने पाकिस्तानी नागरिकहरू जुबेर अम्जाद, शाहजेहान तानबिर, मलिक अब्दुल हमिद र आरिफ हुन् ।

निजहरुलाई पक्राउ गरी अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौमा पठाईएको कुरा काठमाडौं उपत्यका अपराध अनुशन्धान, कार्यालयले जनाएको छ ।

Leave a Reply