You are currently viewing २० बोरा यूरिया मल प्रहरीको नियन्त्रणमा

२० बोरा यूरिया मल प्रहरीको नियन्त्रणमा

नेभा, नुवाकोट, ४ जेठ,

आईचरमा भारत यूरिया मल लुकाई छिपाई गल्छीबाट ढुंगे तर्फ ल्याउदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, नुवाकोटबाट प्रहरी अधिकृत सहितको टोली खटि गई जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नम्बर १ ढुंगे स्थित सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा बा.३ ख ९१३७ नम्बरको आईचरमा भन्सार छलि गरि ल्याएको २० बोरा यूरिया मल फेला परेको हुँदा कानून बमोजिम बरामद गरीएको थियो ।

उक्त बरामद गरिएको मल आवश्यक कारवाहीको लागि सवारी साधन सहित आन्तरिक राजस्व विभाग हरिहर भवन, ललितपुरमा बुझाईएको कुरा जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ ।

Leave a Reply