जिल्ला प्रहरी कार्यालय, उदयपुरबाट संचालित MDI (Mission Drug Intercept) अभियान अन्तर्गत चैत १९ गते जिल्ला, उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर ४ स्थितमा रहेको सालघारी चोकबाट २ जना व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लहानबाट गाईघाट तर्फ आउदै गरेको विङ्गर गाडीमा सवार भई आएको जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर १२ बस्ने २३ वर्षको समीर मगर र सोहि ठाउँको वडा नम्बर ३ बस्ने १४ वर्षको समेतलाई शंका लागि चेकजाचँ गर्ने क्रममा पक्राउ गरिएको छ ।
निजहरुको साथबाट लागूऔषध डाइजेपाम १०६ एम्पुल, बुपृनोर्फिन १०६ एम्पुल र फेनारगन १०६ एम्पुल गरी जम्मा ३ सय १८ एम्पुल बरामद भएको छ ।
निजहरुलाई पक्राउ गरी उदयपुर जिल्ला, अदालतबाट लागूऔषध कसुर अन्तर्गत दिन ५ म्याद थप गरी थप अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।