You are currently viewing गणेशको मुखाकृति भएको काठको पुरानो मुर्ती बिक्री गर्ने २ जना पक्राउ

गणेशको मुखाकृति भएको काठको पुरानो मुर्ती बिक्री गर्ने २ जना पक्राउ

नेभा, काठमाडौं, २० चैत,

चैत १९ गते प्रहरी वृत्त स्वयम्भू कार्यालय, काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ, जिल्ला काठमाण्डौँ महानगरपालिका वडा नम्बर १५ स्वयम्भू स्थितबाट दुइजना व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

स्वयम्भू स्तुपा नजिकै भगवान गणेशको मुखाकृति भएको काठको पुरानो मुर्ती बिक्री भईरहेको भनि खबर प्राप्त भए पश्चात मुर्ती सहित दुईजना पुरुष ब्यक्तिहरुलाई नियन्त्रणमा लिईएको छ ।

नियन्त्रणमा लिइएको मुर्ति उक्त कार्यालमा राखिएकोमा कोही कसैको चोरी भएको भएमा उक्त कार्यालयमा सनाखतको लागि  उपस्थित हुन प्रहरीवृत्त स्वयम्भू, काठमाडौं द्वारा अनुरोध गरिएको छ ।

Leave a Reply