सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले एकजना फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्ने जिल्ला, पर्सा धोबिनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरको निवासी ३० वर्षको सुजित राउत कुर्मी हुन् । निजलाई ३ दिन कैद सजाय र रु.२५ लाख बैंकिङ कसूर मुद्दामा कैद र जरिवाना तोकि वारदात पश्चात फरार रहेका थिए ।
फरार रहेका निम्न कसूरदारलाई खोजतलास गरी लुकीछिपी बस्दै आएको अवस्थामा जिल्ला पर्सा धोबिनी गाउँपालिका वडा नम्बर ३ लंगडीबाट पक्राउ गरीएको हो ।
आवश्यक कारवाहीको लागि चैत १७ गते पर्सा, जिल्ला अदालतमा उपस्थित गराइएको कुरा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जनाएका छन् ।