जिल्ला रौतहट गौर नगरपालिका वडा नम्बर ५ स्थित सार्वजनिक सडक खण्डमा चर्को आवाजमा अश्लिल गितहरू बजाउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ ।
ट्राक्टर सहितको DJ Sound System र चालकलाई जिल्ला प्रहरी कार्यालय, रौतहटले नियन्त्रणमा लिई कानून बमोजिम कारवाही सुरू गरेको छ ।
साथै यस्तो किसिमको गतिविधी नगर्न हालसालै जिल्ला प्रहरी कार्यालय, रौतहटबाट कानूनी प्रावधान सहितको प्रेश विज्ञप्ति जारी समेत गरीएको थियो ।
चर्को ध्वनि सहितको DJ Sound ले मानिसहरुको स्वास्थ्यमा समेत प्रतिकुल असर पार्ने भएकोले फेरि पनि जिल्ला प्रहरी कार्यालय, रौतहटले सबैमा ध्वनि प्रदुषण रहित वातावरण निर्माण गर्ने कार्यमा सहयोग गर्न सम्पूर्ण जिल्लावासीहरुमा अनुरोध गरेको कुरा जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।