You are currently viewing बेवारीसे अवस्थामा भरुवा बन्दुकहरु फेला

बेवारीसे अवस्थामा भरुवा बन्दुकहरु फेला

नेभा, पाल्पा, १५ चैत,

चैत १३ गते अस्थाई प्रहरी पोष्ट बेलबासबाट गस्ति खटिएको प्रहरी सहायक निरिक्षक सहितको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा बेवारीसे अवस्थामा भरुवा बन्दुकहरु फेला परेको छ ।

जिल्ला, पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ ढावा स्थितमा रहेको भोर्लेघाट सामुदायिक जंगलमा १ नाले भरुवा बन्दुक २ थान, छर्रा र बारुद सहितको झोला १ थान फेला परेको थियो ।

सोहि समयमा जिल्ला, पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ ढावानाके स्थित चन्द्राकार सामुदायिक वनमा ढुङ्गा मुनि लुकाई छिपाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक ३ थान, छर्रा र बारुद सहित गरी जम्मा ५ थान भरुवा बन्दुक बेवारीसे अवस्थामा फेला परेको थियो ।

उक्त बन्दुकहरु बरामद गरी जिल्ला प्रहरी कार्यालय, पाल्पामा ल्याई आवश्यक अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

Leave a Reply