You are currently viewing ट्याक्टरको ठकरबाट एक जनाको मृत्यु

ट्याक्टरको ठकरबाट एक जनाको मृत्यु

नेभा, मोरङ, २१ माघ,

मोरङको रंगेलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिसन्दु मिया भन्ने व्यक्तिको मृत्यु भएको छ ।

हिजो दिउसो ३ बजेको समयमा मोरङको रंगेली नगरपालिका वडा नम्बर ३ आनन्द ईटा भट्टामा को १ त ८५७८ नंम्बर को ट्याक्ट्ररले माटो बोक्ने क्रममा सोही भट्टाका मजदुर भारतको कुच बिहार बंगाल बस्ने ५५ वर्षिय बिसन्दु मियालाई ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको कुरा प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

ट्याक्टर, चालक स्थानिय २१ वर्षिय बिवस मुर्मु इलाका प्रहरी कार्यालय, रंगेलीको नियन्त्रण रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply