You are currently viewing बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

नेभा, सुनसरी, १४ चैत,

सुनसरीको ईटहरी उपमहानगरपालिका वडा नम्बर १० स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

ईटहरीबाट बिराटनगर तर्फ आउदै गरेको मे. १ ख २७३४ नम्बरको बस र बिपरित दिशातर्फ जादै गरेको को. २९ प ४७६७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर लागि दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा मोटरसाईकल चालक ईटहरी वडा नम्बर ५ का ३७ वर्षको भोज कुमार श्रेष्ठको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको थियो ।

घटनामा संलग्न बस र चालक ५९ वर्षीय बद्री नारायण पाण्डेलाई इलाका प्रहरी कार्यालय, ईटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

Leave a Reply