बारा जिल्लाको कलैया उपमहानगरपालिका बजार क्षेत्रमा ध्वनी प्रदुषण हुनेगरी चर्को आवाजमा डिजे बजाउदै गरेको अवस्थामा प्रहरीले लु.१च. ३३३३ नम्बरको डिजे गाडि सहित धनिलाई नियन्त्रणमा लिई आवश्यक अनुसंधान प्रकृया अगाडि बढाएको छ ।
पक्राउ पर्नेमा कलैयाकै नेपाल सुनिल बैण्ड तथा बारा जिल्ला, जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २० बस्ने अन्दाजी २० वर्षका चालक मुन्ना कुमार साह तथा सोहि स्थानका वडा नं. १२ का डिजे धनि अन्दाजि २० वर्षका मोहित चौधरी रहेका छन् ।
अत्यधिक आवाजले बच्चा, वृद्ध, गर्भवती महिला तथा विरामीलाई मानसिक रोग लाग्न सक्ने, रोगलागेको झन बल्झिन सक्ने तथा विद्यार्थीहरुलाई समेत मर्का परेर परीक्षा विग्रिने जस्ता समस्यालाई समाधान गर्न निर्धक्क भई यस्ता गतिविधि गर्नेहरुलाई हदैसम्मको कारवाहि गरे मात्र यसलाई अन्यत्र पनि नियन्त्रण गर्न सकिने समाजका अगुवाहरु बताउछन् । साथै यस्ता कार्य गर्ने नेपाल प्रहरीलाई धन्यवाद दिएका छन् ।
उक्त घटनामा थप अनुसंधान भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभएको छ ।