जोर्डनको दक्षिणी बन्दरगाह सहर एक्वाबामा विषाक्त ग्यास लिक हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा २५० भन्दा बढीको स्वास्थ्य अवस्था बिग्रिएको र उनीहरुको उपचार भइरहेको छ । सरकारी सञ्चालित जोर्डन टिभीले एउटा ठूलो ट्याङ्करलाई क्रेनद्वारा ट्रकबाट उठाएर जहाजको डेकमा राखिएको बताएको छ । सोही क्रममा विष्फोट भयो र जनतामा भागदौड मच्चियो ।
ग्यास ट्याङ्की ओसारपसार गर्ने क्रममा लिकेजको यो घटना भएको अधिकारीहरुले बताएका छन् । ट्याङ्कीमा सामान कसरी राखिएको थियो, जसका कारण यो दुर्घटना भएको हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । क्षेत्र सिल गरी चुहावट अनुसन्धान प्रक्रिया सुरु गरिएको छ ।
राज्य सञ्चालित जोर्डन टिभीले यस चुहावटका कारण १३ जनाको मृत्यु भएको र २५५ जनाभन्दा बढी घाइते भएको बताएको छ । घाइतेहरुको उपचार भइरहेको छ । घटना भएको स्थानबाट जनताको घरको दुरी २५ किलोमिटर मात्रै भएकाले अवस्थालाई ध्यानमा राख्दै अधिकारीले सर्वसाधारणलाई घरका ढोका, झ्याल बन्द राख्न अपिल गरेका छन् ।