सुनसरीको ईटहरी उपमहानगरपालिका वडा नम्बर १६ बाट प्रतिबन्धित लागूऔषध सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागूऔषध खैरो हिरोईनको खरिद बिक्री कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा फागुन २७ गते कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरको प्रादेशिक अनुसन्धान समूह PIT र ईलाका प्रहरी कार्यालय, ईटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले प्रदेश १-०२-०४७ प. १९५३ नम्बरको मोटरसाईकलमा सवार रहेका ईटहरी उपमहानगरपालिका वडा नम्बर १६ को ३१ वर्षको सुजन भन्ने बालकृष्ण घिमिरेलाई पक्राउ गरेको छ ।
निजले चुरोटको बट्टामा लुकाएर राखेको ४ ग्राम ७७० मिलिग्राम र उनैले घरमा लुकाई राखेको ३ ग्राम सहित जम्मा ७ ग्राम ७७० मिलिग्राम खैरो हेरोईन फेला परेको थियो । उक्त लागूऔषध सहित निजलाई पक्राउ गरिएको छ ।
सोही घटनामा संलग्न रहेका ईटहरी वडा नम्बर ८ का २३ बर्षिय प्रिवेष पौडेललाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।