बिभिन्न मितिमा भिन्न भिन्न मोबाईल नम्बरहरुबाट Whatsapp मार्फत सस्तोमा आईफोन तथा ईलेक्ट्रोनिक समानहरु बिक्री गर्ने भनि ठगी गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
बिभिन्न व्यक्तीहरुलाई अनलाईन माध्ययमबाट च्याटमा कुराकानी गरी किस्तामा वा होम डेलीभरीको लागि नागरिकता प्रमाणपत्रको फोटो र हालसालै खिचेको पासपोर्ट साईजको २ वटा फोटो पठाउन लगाउने र सोही नागरिकता र फोटोको प्रयोग गरी ई सेवा आईडी बनाई उक्त आईडीमा रकम पठाउन लगाई ठगी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला रौतहटको मोलापुर नगरपालिका वडा नम्बर २ मर्यादपुर घर भई हाल बीरगंज महानगरपालिका वडा नम्बर १५ भिश्वा बसपार्क बस्ने २१ वर्षको रोहित भन्ने मनिष कुमार जैसवाल र जिल्ला पर्सा, बीरगंज महानगरपालिका वडा नम्बर १४ बस्ने २० वर्षको गौतम खत्रीलाई फागुन २१ गते जिल्ला प्रहरी कार्यालय, पर्साको समन्वयमा निजहरुलाई नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका निजहरुलिई मकवानपुर जिल्ला, अदालत हेटौडाबाट ५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।