You are currently viewing खैरो हेरोईन सहित ५ जना व्यक्तिहरु पक्राउ

खैरो हेरोईन सहित ५ जना व्यक्तिहरु पक्राउ

नेभा, कैलाली, ५ माघ,

लागूऔषध खैरो हेरोइन सहित पाँचजना व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्जुन राना भन्ने व्यक्तिको साथ बाट ६ ग्राम ८७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद हुँदा निज राना सहित चारजना व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।

माघ ४ गते जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ७ देबरिया स्थित सुदुरपश्चितम प्रदेश प्रहरी कार्यालय, धनगढी अपराध अनुसन्धान समुह रिट बाट प्रहरी नायब निरिक्षक प्रकाश बहादुर कडायत, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय, महेन्द्रनगरबाट प्रहरी हवल्दार पदम बिष्ट जिल्ला प्रहरी कार्यालय कैलालीबाट सादा पोषाकमा खटि गएको प्रहरी सहायक निरिक्षक मदन उपाध्याय सहितको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पाँचजना व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरु जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर ६ बस्ने १८ वर्षको राज चौधरी, सोहि जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर १ बस्ने २१ वर्षको हरिलाल राना, सोहि ठाउँमा बस्ने ३२ वर्षको कनैया राना, सोहि ठाउँमा बस्ने १९ वर्षको अभिसेन राना र सोहि ठाउँमा बस्ने १८ वर्षको अर्जुन राना हुन् ।

६ ग्राम ८७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित उक्त व्यक्तिहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य भईरहेको कुरा जिल्ला प्रहरी कार्यालय, कैलालीले छ ।

Leave a Reply