माघ २ गते र ३ गते संखुवासभा जिल्लाको किमाथांका, गुफापोखरी र मादीमुलखर्क क्षेत्रमा हिमपात परेको छ ।
किमाथांका क्षेत्रमा करिब १ फिट बाक्लो हिमपात परेको ईलाका प्रहरी कार्यालय किमाथांका जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ ।
उक्त हिमपातबाट कुनै विपद्जन्य अवस्थाको श्रृजना भए वा नभएको यकिन गर्न ईलाका प्रहरी कार्यालय, किमाथांका संखुवासभाबाट ग्रामिण गस्ती गरिएको छ । हिमपातबाट हालसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन ।