You are currently viewing खैरो हेरोईन सहित २ जना व्यक्तिहरु पक्राउ

खैरो हेरोईन सहित २ जना व्यक्तिहरु पक्राउ

नेभा, कैलाली, २९ पौष,

जिल्ला, कैलाली भजनी नगरपालिका वडा नम्बर ९ पहलवान झुलंगे पुल नजिकै भित्री सडक खण्डमा ईलाका प्रहरी कार्यालय, भजनीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले दुईजना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।

उक्त ठाउँ स्थित दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको जिल्ला, कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखड बस्ने २६ वर्षको प्रसान्त चौधरीले चलाएको से. ४ प. ३४४९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा निज मोटरसाइकल चालकको साथबाट लागूऔषध खैरो हेरोईन जस्तो देखिने ५ ग्राम ६६० मिलीग्राम खैरो रंगको धुलो पदार्थ फेला परेको हो ।

मोटरसाइकल चालक र सोही गाडीमा पछाडी सवार सोहि ठाउँको भजनी नगरपालिका वडा नम्बर ४ बस्ने २७ वर्षको अभिशेख चौधरी समेतलाई पक्राउ गरिएको हो ।

उक्त लागूऔषध सहित निजहरुलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय, भजनीमा राखि थप अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।

Leave a Reply