You are currently viewing कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी पक्राउ

नेभा, उदयपुर, १६ माघ ,

कर्तव्य ज्यान मुद्दामा मिति २०७० साल चैत्र १७ गते उदयपुर जिल्ला अदालतको फैसलाले ३ वर्ष कैद सजाय भई हालसम्म फरार रहेको थिए ।

जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर १५ स्थाई वतन भई काठमाण्डौ बस्दै आएको ३२ वर्षको पवन मगरलाई जिल्ला काठमाण्डौ टोखा नगरपालिका वडा नम्बर ८ बानियाटार स्थितबाट पक्राउ गरीएको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

निज प्रतिवादीलाई पक्राउ गरि फैसला कार्यान्वयनको लागि उदयपुर जिल्ला, अदालत पठाइएको छ ।

Leave a Reply