You are currently viewing फरक पोसाक किन्न लगाउने विद्यालयमाथि कारवाही हुने

फरक पोसाक किन्न लगाउने विद्यालयमाथि कारवाही हुने

नेभा, काठमाडौं, ६ पुष,

काठमाडौं महानगरपालिका भित्र संचालित केहि विद्यालयले विभिन्न चाडपर्वको नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाक भन्दा फरक पोसाक किन्न बाध्य पारेको पाइएको छ ।

केहि विद्यालयहरुले विद्यालयको पोसाक भन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएकोले तोकिएको विद्यालयको पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई काठमान्डौं महानगरपालिका भित्र अनुरोध गरीएको छ ।

यदि कोही कसैले यस सूचना विपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ संशोधनसहित र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुने कुरा शिक्षा अधिकारी सीताराम कोइरालाको विज्ञप्ती द्वारा जनकारी गराइएको छ ।

Leave a Reply