नेपाल विधुत प्राधिकरणले जडान गरेको ट्रान्सफरमा २०८० मंसिर १३ गते राति जिल्ला, बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ श्रीनगर बैरिया र मंसिर २३ गते पचरौता नगरपालिका वडा नम्बर ५ बेल्दारी स्थितबाट चोरी भएको थियो ।
सूचना प्राप्त हुन साथ ट्रान्सफरमा र चोरलाई खोजलतास गर्दै जाने क्रममा पचरौता नगरपालिका वडा नम्बर ५ टियर खोलामा HT Coil २ थान र LT Coil ६ थान लुकाई छिपाई राखेको देश भारत, मोतिहारी जिल्ला, विन्धवा सोनीमा ग्राम बस्ने प्रभु यादवको छोरा २२ वर्षको जैसिलाल यादवलाई चोरी भएको समान सहित पुष १६ गते पक्राउ गरिएको छ ।
चोरी मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट दिन ५ म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय बारा, कलैयाको प्रवक्ता तथा सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जनाएको छन् ।