जिल्ला प्रहरी कार्यालय, रौतहट तथा मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले अबैध रुपमा भन्सार छली ल्याइएको सामानहरु सहित एकजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला रौतहट कटहरिया नगरपालिका वडा नम्बर ४ र सोहि जिल्लाको राजपुर नगरपालिका वडा नम्बर १ स्थित भातरबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी किराना, लत्ताकपडा र पिआज लगायतका सामान ओसार पसार गर्दै गरेको अबस्थामा फेला पारी नियन्त्रण लिइएको छ ।
किराना, लत्ताकपडा र पिआज लगायतका सामान अन्दाजी मुल्य रु. १ लाख ९ सय ४० रुपैयाँ बराबरको सामान सहित जिल्ला रौतहट गौर नगरपालिका वडा नम्बर ३ बस्ने महिन्द्र चौधरीको छोरा ४० वर्षको हरिन्द्र चौधरीलाई नियन्त्रणमा लिइएको छ ।
उक्त व्यक्तिलाई सामानहरु सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय, रौतहटमा बुझाइएको कुरा जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।